Logo

२४ घण्टाभित्र एयर टिकट रद्द गर्दा कुनै शुल्क नलाग्ने, नेपालमा कहिले होला ?

२४ घण्टाभित्र एयर टिकट रद्द गर्दा कुनै शुल्क नलाग्ने, नेपालमा कहिले होला ?



काठमाडौं । भारतीय एयरलाइन्सले यात्रुहरुले कुनै कारणले आफ्नो टिकट रद्द गर्नुपर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । केही समय अघि यात्रुहरुले कुनै कारणले टिकट रद्द गर्नुपरेमा धेरैभन्दा धेरै शुल्क तिर्दे आएकोमा अबका दिन त्यसको अन्त्य भएको छ ।

हालै भारतीय आन्तरिक बायु सेवा संचालकहरुले हालको टिकट रद्द गर्ने शुल्कलाई जाँच गरिने बताएका छन । सो कदम हालको फिक्स रकम ३ हजारका विरुद्ध रहेको जानकारी दिएका छन ।

सो परिवर्तनको लागि नागरिक उड्डयन महानिर्देशनालयबाट सुचना आएको पनि जानकारी दिइएको छ । आन्तरिक वायुसेवा संचालकका अनुसार नागरिक उड्डयन मन्त्रालयले अघी सारेको कदम यात्रुमुखी भएको भन्दै सो कदमको स्वागत समेत गरेका छन ।

आन्तरिक वायुसेवा कम्पनी यात्राका प्रवक्ताका अनुसार सो कार्यले भारतीय जनतालाई मात्र नभएर समग्र भारतको अर्थतन्त्रलाइ पनि प्रत्यक्ष प्रभाव पर्ने जानकारी दिए । ‘यो कदम त्यस्ता यात्रुलाइ फलदायी हुनेछ जो सस्तो टिकट पाउनको लागि केहिदिन अघि नै टिकट बुक गर्दछन,’ उनले भने । साथै सरकारको यो कदम त्यस्ता यात्रुलाइ पनि फाइदजनक छ जो ३ हजार भन्द कम मुल्यका टिकटयुक्त नजिकका गन्तव्यको लागि टिकट लिएका हुन्छन ।

यस्तै नेपालमा पनि कुनै कारणवस टिकट रद्द गर्नुपरेका लागतको २५ प्रतिशत रकम कटौती गरिँदै आएको छ । यस वापत यात्रुहरुले ठूलो रकम गुमाउँदै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL