Logo

बीस करोड लागतमा अक्सिजन उद्योग स्थापना गरिदै, स्थानियलाई रोजगारीको अवसर

बीस करोड लागतमा अक्सिजन उद्योग स्थापना गरिदै, स्थानियलाई रोजगारीको अवसर


रासस
0
Shares

काठमाडौं । नुवाकोट जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ ।

पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग छलफल गरेको छ । उद्योग स्थापना गर्नुअगाडि गर्नुपर्ने सार्वजनिक सुनुवाइको आयोजना गर्दै कम्पनीले उद्योगबाट पर्न सक्ने असर तथा प्रभावको विषयमा जानकारी गराएको कम्पनीका सञ्चालक दीपक खतिवडाले जानकारी दिए ।

२० करोड रुपैया लगानी गरी ५६ जनालाई रोजगारी दिने उद्देश्यका साथ उद्योग स्थापना गर्न लागेको हो । स्थानीयवासीलाई प्राथमिकतामा राखेर रोजगारी दिने तथा कम्पनीका तर्फबाट हुन सक्ने सबै प्रकारका सहयोग स्थानीयवासीलाई गर्ने सञ्चालक खतिवडाले बताए ।

घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष सूर्य कँडेलले उद्योगको स्थापनाका लागि आउने सबै सरोकारवालालाई सहयोग गर्नुपर्ने बताउँदै अक्सिजन उद्योग स्थापनाले समुदायमा कुनै असर नगर्ने भएकाले सबैको सहयोग आवश्यक रहेको जानकारी दिए । अक्सिजन उद्योग स्थापना हुँदा नागरिकमा सामान्य रुपमा मात्रै असर हुने र त्यसको असर न्यूनीकरणका लागि कम्पनीले न्यूनीकरणका उपकरण जडान गर्नुपर्ने वातवरणीय विज्ञ डा केदार ढकालले उल्लेख गरे ।

स्थानीयस्तरमा उद्योगको स्थापना हुँदा रोजगारीको अवसरमा र अप्रत्यक्ष रुपमा स्थानीयस्तरमा आर्थिक उन्नति हुनेछ । नागरिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले उद्योगबाट समुदायमा असर पर्न सक्ने भएमा त्यसलाई व्यवस्थित गर्नका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL