Logo

जसले सिण्डिकेट हटाए उनैलाइ सरुवा, कसले चलाउछ सरकार ?

जसले सिण्डिकेट हटाए उनैलाइ सरुवा, कसले चलाउछ सरकार ?



काठमाडौं । २५ बर्षदेखि रहदै आएको यातायात सिण्डिकेटलाइ हटाउन सफल यातायात व्यबस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाइ सरकारले मन्त्रालय तानेको छ ।

शुरुवाती चरणदेखि नै यातायात क्षेत्रमा देखिएको सिण्डिकेटको मौन समर्थन जनाउँदै आएका भौतिक मन्त्री रघुविर महासेठले विभागका महानिर्देशकलाइ पत्रमार्फत शुक्रबार मन्त्रालय तानेका हुन ।
भौतिक मन्त्री महासेठले यस अघि पनि सिण्डिकेटलाई सरकारले एकैपटक हटाउन नहुने अभिव्यक्ति दिँदै आएका थिए । उनले कानुनी राज्यको पालनामा भन्दा पनि सिण्डिकेधारी व्यवसायीसँग वार्ता र आपसी सझदारीमा अघि बढ्नुपर्ने अडान लिदै आएका थिए ।

तर महानिर्देशक भट्टराईले आफुले प्रधानमन्त्री र गृहमन्त्रालयको बलियो आधार पाएकाले यातायात सिण्डिकेट हटायरै छाड्ने प्रतिवद्धता जनाएका थिए । उनलाइ मन्त्रालयमा कुनैपनि दरबन्दी नतोकी फाजीलमा राखीएको छ ।

उनले यातायातमा भएको सिण्डिकेट हटाउन ठुलो भुमिका खेलेका थिए । सो स्वरुप सरकारले उनलाइ सजाए दिएको जनचासो रहेको छ । यसका साथै कतिपयले भौतिक मन्त्रीको यातायात व्यबसायीसंगको मिलेमतो पनि भनेका छन ।

भौतिक मन्त्रीले उठाएको यो कदमको सामाजीक सञ्जालमा समेत ठुलो आलोचना भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL