Logo

दोस्रो किस्ताका लागि ४ लाख लाभग्राही प्रमाणिकरणमा, १४ जिल्ला मध्ये दोलखामा २८ हजार घर निर्माण सम्पन्न

दोस्रो किस्ताका लागि ४ लाख लाभग्राही प्रमाणिकरणमा, १४ जिल्ला मध्ये दोलखामा २८ हजार घर निर्माण सम्पन्न



काठमाडौ । विनाशकारी भुकम्पबाट प्रभावित जिल्लामा दोस्रो किस्ताका लागि ४ लाख जना लाभग्राही प्रमाणिकरणमा परेको छ ।

मंगलबारको तथ्याङक अनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका मध्ये ४ लाख २ हजार ७ सय ३ जना लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको प्राधिकरणले जानकारी दिएको छ ।

निजी आवास पुनर्निर्माणले गति लिए सँगै १ लाख ५२ हजार १ सय ३० घरको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

तथ्याङक अनुसार ४ लाख ५३ हजार ६ सय ८३ घरको पुनर्निर्माण भइरहेको छ ।

भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दोलखामा अहिले सम्म २८ हजार ८ सय ७ घरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । ४८ हजार २ सय ७१ घर पुनर्निर्माण भइरहेको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै, सिन्धुपाल्चोकमा ६९ हजार ४ सय १५ घरको पुनर्निर्माण भइरहेको छ भने २० हजार ९ सय ७१ घर निर्माण भइसकेका छन ।

कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही सूचीमा रहेकोमा ७ लाख २ हजार ३ सय ९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन ।

यसैगरी, तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या १ लाख ४८ हजार ४ सय ८४ पुगेको छ ।

तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको संख्या १ लाख ४० हजार ५ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL