Logo

गृह मन्त्रीले भने, अब एकाधिकारवादी प्रणाली टिक्दैन, यातायात जस्तै कृषि र उद्योगमा पनि हटाइन्छ

गृह मन्त्रीले भने, अब एकाधिकारवादी प्रणाली टिक्दैन, यातायात जस्तै कृषि र उद्योगमा पनि हटाइन्छ


रासस
27
Shares

पोखरा । गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन् ।

गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको जानकारी दिँदै अबका दिनमा त्यसलाई हटाईने बताएका हुन् । ‘एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको छ,’ उनले भने, ‘देश विकासका लागि सबै किसिमका एकाधिकार अन्त्य गर्नुपर्ने छ ।’ साथै देशव्यापी रुपमा गुण्डाराज अन्त्यका लागि सरकार लाग्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको मन्त्री थापाले बताए । राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताउँदै उहाँले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL