Logo

मोदी काठमाडौं आउँदा हवाई स्कटिङ, १ घण्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द

मोदी काठमाडौं आउँदा हवाई स्कटिङ, १ घण्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज दिउसो करिब १ घण्टाको लागि बन्द हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनपुरबाट काठमाडौं आउँदा सुरक्षा व्यवस्था कडा गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल करिब १ घण्टाको लागि बन्द गर्न लागिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए।

मोदी जनकपुरबाट करिब २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । सोका लागि सवा १ बजेबाट मोदी अवतरण नगरेन्जुलसम्मका लागि विमानस्थल बन्द गर्न लागिएको ठाकुरले जानकारी दिए ।

मोदी जनपुरबाट काठमाडौं आउँदा उनलाई नेपाली सेनाले हवाई स्कटिङ गरेर ल्याउने भएको छ । सेनाले स्थल हवाई दुबै तर्फबाट उनलाई स्कटिङ गरेर ल्याउन लागिएको हो । मोदीको सवारीका लागि सुरक्षा निकायले काठमाडौंको सुरक्षा व्यवस्थामा समेत कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL