Logo

मोदीको स्वागत गर्न प्रम ओली पुगे जनकपुर, रामायण सर्किटको संयुक्त उद्घाटन

मोदीको स्वागत गर्न प्रम ओली पुगे जनकपुर, रामायण सर्किटको संयुक्त उद्घाटन



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । मोदीको नेपाल भ्रमणका क्रममा धनुषामा हुने संयुक्त कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली जनकपुर पुगेका हुन् ।

ओली केही बेर अघि मात्र जनकपुर विमानस्थलमा अबतरण गरेका हुन् । ओलीलाई प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी पनि केही बेरमै सो स्थानमा अबतरण हुनेछन् । विमानस्थतमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने छन् । त्यसलगत्तै जानकी मन्दिरमा प्रधानमन्त्री ओली र उनका समकक्षी मोदीले संयुक्तरुपमा पुजाअर्चना गरी रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL