Logo

सिण्डिकेट खारेजसँगै यातायात क्षेत्र सुद्धिकरण गर्न कार्यादल गठन, सरकारी कदमको स्वागत गर्दै व्यवसायीको आन्दोलन फिर्ता

सिण्डिकेट खारेजसँगै यातायात क्षेत्र सुद्धिकरण गर्न कार्यादल गठन, सरकारी कदमको स्वागत गर्दै व्यवसायीको आन्दोलन फिर्ता



काठमाडौं । सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारजे गरेसँगै सो क्षेत्रलाई व्यवस्थित गर्न कार्यदल गठन गरेको छ ।

अबका दिनमा कसरी रुट परमिट दिने, कस्ता कन्डिशनका बस चल्न पाउने, इन्स्योरेन्स तथा ड्राइभरको ड्रेस कस्तो हुने भन्ने विषयमा उक्त कार्यदलले टुङ्गो लगाउने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठले जानकारी दिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले आईतबार राती सरकारसँग ५ बुँदे सहमति गर्दै आयायात क्षेत्रमा रहेको जस्तोसुकै सिण्डकेट हटाउनका लागि तयार भएका हुन् । यातायात व्यवसायीले नेपाल सरकारबाट यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिण्डिकेटको स्वरुप अन्त्य र खारेजी गर्न तयार भएको बताएका छन् । उनीहरुले पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्दै सरकारको निर्देशन बमोजिम एउटा गाडी पनि कम्पनीमा दर्ता गराएर संचालन गर्न सहमत भएका हुन् ।

सिण्डिकेट खारेज गरेर मात्रै यातायात क्षेत्र व्यवस्थापन नहुने भन्दै अबका दिनमा सहजरुपमा संचालनका लागि कार्यदल गठन गरिएको मन्त्री महासेठले बताए । ‘अबका दिनमा गाडीमा कस्तो सिट राख्ने, कुन कन्डिशनका बस चल्न पाउने, जेष्ठ नागरिक र महिलाका लागि आरक्षण सिट व्यवस्था गर्ने भन्ने विषयमा कार्यदलले टुङ्गो लगाउने छ,’ उनले भने, ‘कार्यदलको रिपोर्ट आएपछि सबै टुङ्गो लगाउनेछ ।’

मन्त्रीका अनुसार कार्यदलमा सरकार, यातायात व्यवसायी राष्ट्रिय महासंघ र विज्ञ समुहको प्रतिनिधित्व रहेको छ । उक्त कार्यदलले ३० दिनभित्र रिपोर्ट बुझाउनेछ । साथै सरकार सबै क्षेत्रमा देखिएको सिण्डिकेट हटाउन प्रतिवद्ध रहेको जानकारी दिँदै यातायात क्षेत्रमा गरिएको कारबाहीबाट कुनै पनि हालतमा पछि नहट्न बताए । ‘विगत लामो समयदेखि यातायात क्षेत्रको सिण्डिकेटले जरो गाडेर बसेको थियो,’ उनले भने, ‘उक्त सिण्डिकेट हटाउनका लागि व्यवसायी साथीहरुको ठूलो सहयोग प्राप्त भयो र त्यसलाई सरकारले सहयोग मात्र गरेको हो ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL