Logo

स्वच्छ र पारदर्शी व्यवसाय गर्न व्यवसायीलाई राष्ट्रपतिको आग्रह, आयात गरेर सम्बृद्धि आउँदैन

स्वच्छ र पारदर्शी व्यवसाय गर्न व्यवसायीलाई राष्ट्रपतिको आग्रह, आयात गरेर सम्बृद्धि आउँदैन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन । नेपाल चेम्वर अफ कमर्शका टोलीसँगको राष्ट्रपति भवन शितलनिवासमा भएको भेटघाटमा भण्डारीले सवैले आ–आफनो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताएकी हुन ।

आयात गर्नैपर्ने बस्तुहरुको आयातको बिकल्प नभएपनि तर हरेक दिन चुल्होमा पाक्ने सामान्य चिजहरु पनि आयात नै गरी रहने हो भने सम्बृद्धिको सपना अधुरै रहने राष्ट्रपति भण्डारीको भनार्ई थियो ।

राष्ट्रपति भण्डारीले समस्याको समधान गर्न निजी क्षेत्र र सरकारसँगै मिलेर अघि बढ्नुपर्ने बताईन । ब्यापार ब्यबसायको बृद्धि गर्न निजी ब्यबसायसँंग आबद्ध चेम्बरले नीति बिज्ञको भूमिका निर्बाह गरी सरकारलाई उचित सुझाव दिन समेत आग्रह गरेकी थिर्ईन ।

नेपालमा स्थिर सरकारसँगै देश समृद्धिको सपना पुरा गर्ने आधार निर्यात प्रबद्र्धन र विदेशी लगानी भित्राउने आर्थिक कुटनीति नै रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन ।

विशेष गरी भारतसँंगको ब्यापार घाटा कम गर्न र चीनसँगको ब्यापार प्रबर्दन गर्न देशले आर्थिक कुटनीतिको नमुना तयार गरेर अघि बढ्न सके प्रभावकारी हुने श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL