Logo

बीमा कम्पनीमा पनि लागू भयो कुलिङ पिरियड, स्नातक उत्तीर्णले पनि सीईओ बन्न पाउने

बीमा कम्पनीमा पनि लागू भयो कुलिङ पिरियड, स्नातक उत्तीर्णले पनि सीईओ बन्न पाउने



काठमाडौं । बीमा समितिले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पनि कुलिङ परियड लागू गरेको छ । समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

जस अनुसार अब बीमा कम्पनीका सिइओले एउटा कम्पनी छाडेको ६ महिनापछि मात्रै अर्को कम्पनीमा सीईओ बन्न पाइनेछ । बीमा समितिले आइतबारदेखि नै लागु हुने गरि उक्त निर्देशिका ल्याएको हो ।

यसैगरी निर्देशिकाले सीईओको उमेदहद पनि तोकेको छ । अब ७० बर्षसम्म मात्रै जागिर खान पाइनेछ भने सीईओहरुले ४ बर्षको व्यवसायीक योजना सञ्चालक समितिमा पेश गर्नुपर्नेछ । सञ्चालक समितिले सीईओले पेश गरेको व्यवसायीक योजना, तलब सुबिधा र करार सम्झौतासहितको विवरण बीमा समितिमा बुझाउनुपर्नेछ । बीमा समितिले चाहेको खण्डमा कारणसहित सच्याउन निर्देशन समेत दिन सक्ने व्यवस्था अघि सारिएको छ ।

यस्तै निर्देशिका अनुसार स्नातक उत्तीर्णहरुले पनि बीमा कम्पनीको सिइओ बन्न पाउनेछन् । तर, सिईओ बन्नका लागि बीमा, व्यवस्थापन, वित्त, अर्थशास्त्र, गणित, इञ्जिनियरिङ, लेखा, चाटर्ड एकाउण्टेन्सीमा स्नातक उतिर्ण गरेर बीमा क्षेत्रमा १२ बर्ष, बैंक तथा वित्तीय क्षेत्रमा १५ बर्ष वा दुबै क्षेत्रमा भए १ बर्षको अनुभवनसहित १३ बर्ष काम गरेको हुनुपर्नेछ ।

यसैगरी तीनवटै विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकाहरुले भने बीमा क्षेत्रमा ५ बर्ष, बैंक तथा वित्तीय क्षेत्रमा ८ बर्षको अनुभव हासिल गरेपछि सीईओ बन्न पाउनेछन । नयाँ निर्देशिका अनुसार बीमा कम्पनीले पनि डेपुटी सीईओ अनिवार्य रुपमा राख्नुपर्नेछ । हाल संचालमा रहेका बीमा कम्पनीहरुले आगामी ६ महिनाभित्र डेपुटी सीईओको नियुक्ती गरिसक्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL