Logo

पुनर्निर्माणलाई गति दिन प्रदेशस्तरीय अन्तरक्रिया, हेटौडा पछि पोखरामा

पुनर्निर्माणलाई गति दिन प्रदेशस्तरीय अन्तरक्रिया, हेटौडा पछि पोखरामा


बिजखबर संवाददाता
27
Shares

काठमाडौ । पुन निर्माणलाई तिब्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रदेशस्तरीय अन्तरक्रिया गरेको छ ।

प्राधिकरणले प्रदेश नं. ३ पछि प्रदेश नं. ४ मा पुन निर्माण सम्वन्धी अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा प्रदेशसरकारका मुख्यमन्त्री, मन्त्रीहरु तथा प्रदेश सभासदहरुको सहभागिता रहेको थियो । पुनर्निर्माणको हालसम्मको प्रगतिको जानकारी गराउने तथा आगामी दिनमा प्रदेश ४ अन्तर्गतका जिल्लाहरुको पुनर्निर्माणलाई अगाडि बढाउने उद्देश्यले प्रदेश स्तरिय अन्तरक्रियात्मक कार्यक्रम गरेको सुचना अधिकारी मनोहर घिमिरेले बताएका छन ।

प्राधिकरणको सिमा भित्र रहेका ४ वटै प्रदेशमा अन्तरक्रिया गर्ने भए पनि १ र ५ नंं. प्रदेशमा भने अहिलेनै जाने मिति तय नभएको सुचना अधिकारी घिमिरेले बताएका छन । घिमिरेका अनुसार यस अघि प्रदेश नम्बर ३ को प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु तथा सभासद्हरुसँग हेटौंडामा अन्तरक्रिया गरिसकेको छ ।

अन्तरक्रियामा बोल्दै प्रदेश न.४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुनर्निर्माण कार्यको सहजीकरणको जिम्मेवारी स्थानीय तहलाई दिने र त्यसको अनुगमन प्राधिकरणले गर्दा प्रभाबकारी हुने बताएका छन । मुख्यमन्त्री गुरुङले गाउँगाउँमा प्राविधिक पुग्नुअघि भूकम्प प्रभावितले आफ्नै हिसाबले बनाएका भूकम्प प्रभावितलाई कार्यविधिमा संशोधन गरेर सहज अनुदान उपलब्ध गराउने व्यवस्था गर्न समेत सुझाव दिएको प्राधिकरणले जानकारी दिएका छन ।

प्राधिकरणले पुनर्निर्माणका क्रममा निजी आवास निर्माणमा जोड दिइरहेको भए पनि विद्यालय, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सरकारी भवनहरु निर्माणलाई समेत सँगै लगिरहेको घिमिरेले बताएका हुन ।

प्राधिकरणले जोखिममा रहेका करिब १८ हजार लाभग्राहीको घर बनाइदिनका लागि विभिन्न परोपकारी संस्थाहरुलाई अनुरोध गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL