Logo

सिन्डिकेटको जरो उखेलिँदै, देशभरीबाट ७६ भन्दा बढि यातायात व्यवसायी पक्राउ

सिन्डिकेटको जरो उखेलिँदै, देशभरीबाट ७६ भन्दा बढि यातायात व्यवसायी पक्राउ



काठमाडौं । सरकारले सिन्डिकेटका विरुद्धमा विभिन्न प्रकारका कारबाही अपनाएको छ । शुक्रबार नेपालभरका यातायात व्यवसायीले आफ्ना गाडीहरु घर तथा ग्यारेजमा थन्क्याएपछि सरकार यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन दृढताका साथ लागि परेको हो ।

सरकारले विभिन्न स्थानका यातायात समितिका पदाधिकारीहरुलाई पक्राउ गर्नुका साथै समितिका कार्यालयहरु पनि बन्द गरेको छ । यसका साथै यातायात व्यवस्था विभागले गोङगवु देखि रत्नपार्क रुटमा चल्ने २६ ओटा माइक्रोबसको रुट परमिट पनि खारेज गरेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाइ पक्राउ गर्नुका साथै गोङगबु बसपार्कमा रहेका विभिन्न समितीका टिकट काउन्टरहरु पनि खारेज गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइका अनुसार नयाँ बसपार्क देखि रत्नपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट रद्ध गरिएको हो । ‘अझै नमाने समितिका सवै सवारीको रुट परमीट खारेज गर्नेछौं’, उनले भने ।

यसका साथै देसभरिबाट बेलुका ५ बजेसम्म ७६ जनाभन्दा बढि यातायात व्यवसायीहरु पक्राउ गरिएकोे नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

गृहमन्त्रालयको आदेश अनुसार विभिन्न जिल्लाका गरि ७६ भन्दा बढि यातायात व्यवसायीहरु पक्राउ गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL