Logo

विस्थापित भुकम्प पीडितलाई घडेरी, ४६ परिवारलाई दिइयो लाजपूर्जा

विस्थापित भुकम्प पीडितलाई घडेरी, ४६ परिवारलाई दिइयो लाजपूर्जा


रासस
54
Shares

काठमाडौं । भूकम्पको कारण विस्थापित भएका दुप्चेश्वर गाउँपालिकाका ४६ परिवारलाई शिखरबेँशीमा पुनःस्थापना थालिएको छ ।
दुप्चेश्वर घ्याङफेदीका ४६ परिवारलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोहि गाउपालिका ७ मा रहेको रामतीमा घडेरी खरिद गरी पीडित परिवारको नाममा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) उपलब्ध गराएको हो ।

शिखरबेँशीका आइतमान तामाङ, दमाइसिंह तामाङ र यदुकुमार अधिकारीसँग १९ रोपनी जग्गा ९२ लाख रुपैयामा खरिद गरी विस्थापितको पुनःस्थापना शुरु गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटका निमित्त प्रमुख वेदप्रसाद गौडेलले जानकारी दिए ।

४६ मध्ये ३४ परिवारको श्रीमान श्रीमती दुवैको नाममा संयुक्त जग्गाधनी लालपूर्जा बनाइएको जग्गाको खोजी र नामसारीमा सहयोग पुर्याएको भूमि अधिकार मञ्च नुवाकोटका कार्यालय सचिव कल्पना न्यौपानेले बताइन । आवास पुनःनिर्माणका लागि सुरक्षित स्थानमा घडेरी प्राप्त गरेकाले एकीकृत बस्तीको निर्माण शुरु गर्न लागिएको न्यौपानेले जानकारी दिइन ।

भूकम्पको कारण बाँकी रहेका २८ परिवारका लागि सुरक्षित स्थानमा घडेरीको लागि जग्गा खोजी भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

तीन वर्षअघि गएको विनाशकारी भूकम्पको कारण बगेको सुख्खा पहिरोले बस्ती बगाएपछि सुरक्षित स्थानमा जग्गा व्यवस्था नहुँदा उनीहरु हालसम्म जोखिम स्थानको अस्थायी टहरामा नै बसोबास गर्दै आइरहेका छन् ।

जिल्लामा ३ सय २४ परिवार जोखिम बस्तीमा रहेको सरकारी तथ्यांक भए पनि उर्लेनीका ५२ र लच्याङका १४ परिवारलाई यसअघि घडेरी उपलब्ध गराइएको थियो भने बाँकी पुनःस्थापनाको प्रतीक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL