Logo

राष्ट्र बैंकले ल्यायो ५०० को नयाँ नोट, पुरानो र नयाँमा यस्ता छन् फरक

राष्ट्र बैंकले ल्यायो ५०० को नयाँ नोट, पुरानो र नयाँमा यस्ता छन् फरक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ सय रुपैयाको नयाँ नोट बजारमा ल्याएको छ । बैंकले बुधबारबाट नयाँ डिजाइनको साथमा नयाँ नोट सार्वजनिक गरेको हो ।

बैकले ल्याएको नयाँ नोटमा केहि विशेषताहरु परिवर्तन गरिएको छ । हाल चल्तीमा रहेको नोटमा २ ओटा पाटे बाघ छन भने सो नयाँ नोटमा एउटा मात्र बाघ रहेको छ । यसका साथै सो नयाँ नोटमा अगाडि बायाँतर्फ सगरमाथा हिमाल र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।

नयाँ नोटमा राष्ट्र बैंकको गभर्नर डा. चिरन्जीवी नेपालको दस्तखतका साथै तल्लो भागको बोर्डरमा नोटको सीरिज नम्बर र नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ । साथै नयाँ नोट ३ दशमलव ५ मिलिमिटर चौडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL