Logo

लक्ष्मी हुण्डार्ईको ओपन गल्फ प्रतियोगिता हुँदै, विजेतालाई ग्राण्डआइ १० गाडी

लक्ष्मी हुण्डार्ईको ओपन गल्फ प्रतियोगिता हुँदै, विजेतालाई ग्राण्डआइ १० गाडी



काठमाडौं । हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाई ओपन गल्फ प्रतियोगिता २०१८’ गर्ने भएको छ ।

उक्त टुर्नामेन्ट ग्लेनइगल डीजाइन गोकर्ण गल्फ क्लबमा आउदो २७ र २८ अप्रलिमा हुने भएको छ । ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ३ बाइ ४ ह्यान्डीक्यापमा खेलिने छ ।

टुर्नामेन्टमा नेपालका १ सय ३० गल्फर्सले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ । टुर्नामेन्टमा टाइटल वीनर, फस्ट रनरअप, सेकेण्ड रनरअप, बेस्ट ग्रस, लेडीज वीनर, सिनियर वीनर, जोइनर वीनर लगायत ११ विधामा विजेता घोषित गरिने आयोजकले जानकारी दिएको छ ।

होल इन वान बिजेतालाई उपहार स्वरुप एउटा हुण्डाई ग्राण्डआइ १० गाडी प्रदान गर्ने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL