Logo

मारवाडी महोत्सवको तयारी पूरा, शनिबारदेखि भृकुटीमण्डपमा

मारवाडी महोत्सवको तयारी पूरा, शनिबारदेखि भृकुटीमण्डपमा



काठमाडौं । मारपाडी महोत्सवको तयारी पूरा भएको छ । राजधानीको भृकुटीमण्डपमा हुन लागेको सो महोत्सव आगामी शनिबार हुने भएको हो ।

आयोजकका अनुसार यो महोत्सव मारवाडी कला, संस्कृति, वेशभूषा, परम्परा एवं परिकारको सोकेस हो ।महोत्सव परिकल्पनाकार रेशकुमार सरियाका अनुसार महोत्सवको खास उद्देश्य मारवाडी कला, संस्कृति, वेशभूषा र परम्परालाई आम जनसमुदायलाई देखाउनु हो, ।

निःशुल्क प्रवेश पाइने महोत्सवमा राजस्थानी लोकनृत्य, सुफी र लोक सांगीतिक प्रस्तुति, लोकबाजा, कठपुतली नाच लगायत हेर्न पाइने आयोजकले जानकारी दिएकोे छ ।

राजस्थानको विख्यात घुमर नृत्य पनि प्रत्यक्ष हेर्न पाइने आयोजकको भनाइ छ । सांस्कृतिक कार्यक्रमका लागि तीन दर्जन कलाकार सम्मिलित टोली राजस्थानबाट आउने छ ।

महोत्सवमा मारवाडी संस्कृति र जीवनशैली झल्काउने फोटो प्रदर्शनी, माटोका भाँडा बनाउने, मोही पार्ने र सुरक्षित राख्ने, रोटी पकाउने कला पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा पानी र चिया निःशुल्क वितरण हुने तथा मारवाडी परिकार सहुलियत मूल्यमा प्राप्त हुने आयोजकले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL