Logo

सडक विभागको लापरबाहीले बनेन पुल, ५ बर्ष बिते पनि निर्माणकार्य शुन्य

सडक विभागको लापरबाहीले बनेन पुल, ५ बर्ष बिते पनि निर्माणकार्य शुन्य


रासस
108
Shares

काठमाडौं । भेरी करिडोरभित्र पर्ने पासागाड खोलामा पुल निर्माण नहुँदा ३ जिल्लाका बासीन्दा प्रभावित भएको छ ।

करिडोरभित्र पर्ने छिन्चु जाजरकोट सडकमा यातायात सञ्चालन भएको १० वर्ष बित्यो । उक्त सडक कालोपत्रे भएको पनि ५ वर्ष बितेको छ । तर सडक विभागको लापरबाहीले गर्दा ५ देखी पुल निर्माणकार्य अलपत्र परेको छ ।

पासागाड खोलामा पुल नबन्दा बर्खामा यातायात अवरुद्ध हुँदा जाजरकोट, डोल्पा र जुम्लाका यात्रुहरुले सास्ती भोग्नु पर्ने देखिन्छ ।
सडक विभाग र आइएमई आरसी कन्सलटेन्सी ललितपुरको चरम लापरबाहीको कारण पुल निर्माण अलपत्र परेको हो । २ वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम शुरुसमेत नभएको स्थानीय कालीबहादुर पुनले बताएका छन ।

परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणको कार्य हुन नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर सुशील पौडेलले बताएका छन ।

पौडेलका अनुसार पुल निर्माणका लागि ५ वर्षअघि विभागको सूचनाबमोजिम ३ करोड रुपैंयामा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौंको टेन्डर स्वीकृत भएको थियो । तर निर्माण स्थल र डिजाइनको तालमेल नमिल्दा पुल निर्माण अवरुद्ध भएको हो ।पुल निर्माण स्थलको भौगोलिक अवस्था र डिजाइनले मेल नखाँदा निर्माण कम्पनीले निर्माण कार्य शुरु नगरेको पौडेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL