Logo

पीएचडी चेम्वर र वाजमेसँग नेपाल चेम्वरको भेट, नेपालमा लगानी भित्र्याउन पहल

पीएचडी चेम्वर र वाजमेसँग नेपाल चेम्वरको भेट, नेपालमा लगानी भित्र्याउन पहल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले पीएचडी चेम्वर अफ कमर्स र वाजमे टोलीसँंग नेपालमा लगानी भित्र्याउन भेटघाट तथा छलफल गरेका छन् ।

प्रधामन्त्री केपी शर्मा ओलीको टोलीमा भारत भ्रमणमा गएका चेम्वरका टोलीले नेपालमा लगानी भित्र्याउन भारतीय लगानीकर्तासँग छलफल तथा भेटघाट गरेका हुन् ।

दुई संस्थासँग भएको छुट्टाछुटै भेटबार्तामा दुई देशवीचको व्यापार तथा लगानी प्रबद्र्धनको विषयमा छलफल भएको चेम्बरले जानकारी दिएको छ ।

साथै टोलीले वाजमे संगको बार्तामा साना तथा मझौला उद्योगको विकासका लागि क्षेत्रीयस्तरमा संयुक्त रुपमा गर्न सकिने कार्यहरुको बिषयमा छलफल भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL