Logo

प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर प्रदान

प्रधानमन्त्री ओलीलाई दिल्लीमा गार्ड अफ अनर प्रदान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली राष्ट्रपति भवन परिसरमा भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।
गार्ड अफ अनर ग्रहण गरेसँगै ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएको बताएका छन् । उनले नेपालको सबृद्धिका लागि दुबै मुलुक एकजुट भएर अघि बढने विषयमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी भएको समेत जानकारी दिएका छन् ।
ओलीले गार्ड अफ अनर ग्रहण गरेसँगै महात्मागान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL