Logo

नेप्से परिसुचक र कारोबार रकम दुबै उकालो, के अब बढ्ला बजार ?

नेप्से परिसुचक र कारोबार रकम दुबै उकालो, के अब बढ्ला बजार ?



काठमाडौं । लगातार आरोलो लागेको नेप्से परिसुचक बुधबार उच्च रुपमा बढेको छ । बजार खुलेदेखि नै उकालो लाग्न सुरु गरेको नेप्से परिसुचक अन्तमा २७ दशमलव ४५ अंकले बढ्न पुगेको छ ।

नेप्सेको वेवसाईट नखुलेर अन्यौलमा परेको बजारले अन्तमा दोहोरो अंकको गति पच्छ्याएको छ । बजारमा कारोबार रकम र नेप्से परिसुचक दुबै उकालो लागेको छन् । अघिल्लो दिनसम्म दैनिक २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा आज कारोबार रकम बढेर ३३ करोड रुपैयाँ पुगेको छ ।

बुधबार सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक २ सय ८ अंकले बढ्न पुगेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १९ दशमलव ३१ अंकले बढेको छ । बजारमा व्यापार बाहेक सबै समुहको परिसुचकमा दोहोरो अंकको बृद्धि भएको छ ।

दिनभर कुल १ सय ६२ कम्पनीको ९ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमा ६ वटा कम्पनीको १ करोड रुपैयाँभन्दा माथीको सेयर कारोबार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL