Logo

अर्थमन्त्रीले भने, देश विकासको लागि उचित पुर्वाधार निर्माण तथा स्रोत व्यबस्थापन आवश्यक

अर्थमन्त्रीले भने, देश विकासको लागि उचित पुर्वाधार निर्माण तथा स्रोत व्यबस्थापन आवश्यक


बिजखबर संवाददाता
567
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देश विकासको लागि उचित पुर्वाधार निर्माण तथा स्रोत व्यबस्थापनको जरुरी रहेको बताएका छन । बुधबार काठमाडौंमा नेपाल आर्थिक संघका प्रतिनिधिसँगको भेटघाटका क्रममा उनले देशको दिगो विकाशको लागि भरपुर मात्रामा गृहकार्यको जरुरी रहेको जानकारी दिए ।

सो भेटघाटमा नेपालको सामाजिक आर्थिक परिवर्तनका साथै उचित राष्ट्रिय आर्थीक मुद्धा लगायतका विषयमा छलफल भएको थियो । नेपाल आर्थिक संघका कार्यबाहक अध्यक्ष भवानीप्रसाद ढुङगानाले नेपाल आर्थिक संघले अर्थमन्त्रालयका साथै बिभिन्न सरोकारवालासँग मिलेर नेपालको आर्थिक विकाशमा ठुलो योगदान पुर्याएको जानकारी दिए ।

यसका साथै उनले सरकारले श्वेतपत्र जारी गर्न गइरहेको बेला नेपाल आर्थिक संघ पनि आर्थिक नीति परीमार्जन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने जानकारी दिए ।

उनले आफ्नो संस्थाले नेपालको संघीयताको आर्थीक संसाधन जुटाउन एक कार्यपत्र तयार परिरहेको जानकारी दिदै यसले हालको सरकारलाइ प्रभावकारी दस्तावेज तयार पार्न मद्दत पुग्ने बताए ।

भेटघाटमा बोल्दे अर्थमन्त्री डा.खतिवडाले संघले उठाएको मुद्धा उचित रहेको बताउदै उक्त मुद्धा आर्थीक सामाजिक तथा राजनितीक हिसावले सकारात्मक रहेको जानकारी दिए । साथै उनले मुलुक अहिले स्रोत तथा संसाधनका क्षेत्रबाट पछि रहेको बताउँदै अब दिगो विकासका लागि अत्याधिक गृहकार्य जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL