Logo

मन्त्री बिना मगरको निर्देशन, ‘असोज भित्रै काठमाडौँमा मेलम्चीको पानी’

मन्त्री बिना मगरको निर्देशन, ‘असोज भित्रै काठमाडौँमा मेलम्चीको पानी’


बिजखबर संवाददाता
108
Shares

काठमाडौँ । खानेपानी मन्त्री बीना मगरले असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने बताएकी छन ।

रिपोटर्स क्लब नेपाल द्धारा आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँ भित्रमा काठमाडौँमा पानी ल्याउने गरी काम गर्न निर्देशन दिएको बताएकी छन।

मेलम्ची भ्रमणमा गएकी मगरले रोकेको काम तत्काल सुचारु गर्न निर्देशन दिँदै अब २५ दिन भित्रमा सुन्दरीजल तथा दशैँमा काठमाडौँ सम्म मेलम्चीको पानी आउने बताएकी छन ।

मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौँ सँगै तराई मधेश, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ । मन्त्री मगरले आगामी एक दुई वर्ष भित्रमा बाग्मती र विष्णुमतिलाई सफा गरी पर्यटकिय क्षेत्र बनाउने बताएकी छन । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL