Logo

तामाकोसीको सेयरमा फेरि विवाद, समान वितरण नभएको आरोपमा आन्दोलन सुरु

तामाकोसीको सेयरमा फेरि विवाद, समान वितरण नभएको आरोपमा आन्दोलन सुरु


बिजखबर संवाददाता
891
Shares

राङ्डोल लामा

काठमाडौँ । माथिल्लो तामाकोशी आयोजनाको सेयर वितरणमा समानता नभएको भन्दै दोलखामा आन्दोलन सुरु भएको छ ।

स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशीको विवाद चुलिँदै गएको हो । तामाकोसी आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत सेयरमा सवैलाई समान नभएको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेको स्थानीय बर्मा लामाले जानकारी दिए । तीन बर्ष अघि नै संकलन भइसक्नु पर्ने स्थानीयको सेयर वितरण प्रक्रियामा विवाद भएपछि आयोजनाले मासिक दुई करोड ६४ लाख रुपैयाँको आर्थिक क्षती व्यहोर्दै आएको छ । यही चैत भित्र स्थानीयबाट १० प्रतिशत र त्यस पछी बाँकी अन्यबाट १५ प्रतिशत शसेयर संकलन गर्ने पछिल्लो लक्ष्य पनि विवादकै कारण रोकिने भएको छ । २५ प्रतिशत सेयर बापतको रकम तत्काल संकलन हुन नसके आयोजनामा निर्माणमा अवरोध आउन सक्ने देखिन्छ ।

माथिल्लो तामाकोसीले स्थानीयलाई दिने भनिएको १० प्रतिशत सेयर दामासाहीले वितरण गर्ने कि प्रभावका आधारमा वितरण गर्ने भन्ने विषयमा विबाद देखिएको हो । जिविस दोलखामा भएको सर्वदलीय संयन्त्रले तीन भागमा विभाजन गरेर वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार धितोपत्र बोर्डले सेयर संकलन प्रकृया अघि बढाउन लाग्दा विरोध सुरु भएको हो ।

आन्दोलनकारीले दिएको अल्टिमेटम पुरा हुँदा पनि आयोजनाले मागको वेवास्ता गरेको भन्दै सोमबार चरिकोटमा एक घण्टा चक्काजाम भएको छ । त्यस्तै मंगलबार जिल्ला समन्वय समितिको कायार्लमा धर्ना तथा शनिबार तामाकोसी आयोजना, आयोजनाका ठेकेदार कम्पनी, परामर्श दातासहित आयोजना संग सम्बन्धित सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने आन्दोलनकारीले चेतावनी दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL