Logo

पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति समक्ष बुझाए राजीनामा

पदमुक्त भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति समक्ष बुझाए राजीनामा


बिजखबर संवाददाता
1.3k
Shares

काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पदबाट राजीनामा दिएका छन् । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले ‘पदमुक्त’ भएको पत्र थमाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले आज राजीनामा दिएका हुन् ।

पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो राजीनामा बुझाएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । पराजुलीले आजै विहान मात्र राष्ट्रपतिलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् ।

हाल उनको राजीनामा राष्ट्रपति कार्यालयको सचिवको पुगेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL