Logo

सर्वोच्चमा चुलियो विवाद, न्यायाधीश चोलेन्द्रशम्शेरले गरे प्रधानन्यायाधीश पराजुलीलाई बहिष्कार

सर्वोच्चमा चुलियो विवाद, न्यायाधीश चोलेन्द्रशम्शेरले गरे प्रधानन्यायाधीश पराजुलीलाई बहिष्कार


बिजखबर संवाददाता
2.3k
Shares

काठमाडौं । प्रधानन्ययाधीश गोपालप्रसाद पराजुलीको पुर्ण इजलासलाई न्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहिष्कार गरेका छन् । उमेरहदका कारण प्रधानन्यायाधीश पराजुलीको गत साउनमै अबकास पाउनुपर्ने भएको बताउँदै न्यायाधीश राणाले सोमबार पुर्ण इजलास बहिष्कार गरेका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले कान्तिपुर पब्लिकेशन र प्रा.डा. गोेविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा आफनो नेतृत्वको पूर्ण इजलासमा राखेका थिए । तर, त्यसमा राणाले बस्न अस्वीकार गरेका हुन् ।

पूर्ण इजलासमा प्रधानन्यायाधीश पराजुलीसँगै ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र तेजबहादुर केसी थिए ।तर, अवकास पाइसकेका प्रधानन्यायाधीशसँग मुद्दा नहेर्ने भन्दै उनले इजलाससमेत बहिस्कार गरेपछि आजको सुनवाई नै स्थगित भएको छ ।

प्रधानन्यायाधीश पराजुलीका प्रमाणपत्र र उमेरसम्बन्धी कागजात मगाएर हेरेपछि पत्ता लागेको न्यायाधीस राणाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL