Logo

भुकम्पले भत्केको घर बनाउन ३ लाखले दिए दोस्रो किस्ताको निवदेन

भुकम्पले भत्केको घर बनाउन ३ लाखले दिए दोस्रो किस्ताको निवदेन


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । भुकम्प पछिको निजी घर निर्माणका लागि दोस्रो किस्ता माग गर्दै ३ लाख भुकम्प पीडितले आवेदन दिएका छन् । बिहीबार अपरान्ह प्राधिकरणको सूचना संयन्त्रमा आएको तथ्यांकअनुसार ३ लाख १ हजार ८४ भूकम्प पीडितले दोस्रो किस्ता माग गर्दै आवेदन दिएका हुन् ।

पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माण कार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिन सक्छन् । लाभग्राहीले निवेदन दिएपश्चात प्राविधिकले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् ।

तथ्यांकअनुसार दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये २ लाख ८८ हजार २३ जना लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यम लाल भूसालले जानकारी दिए । ‘दोस्रो किस्ता लिने समयसीमा तोकिएका कारण, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनर्निर्माण उत्साहजनक देखिएको हो,’ उनले भने ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकका ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । भूकम्प अति प्रभावितका साथै कम प्रभावित जिल्लाहरुमा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या बृद्धि प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै कम प्रभावित लमजुङका ६ सय ५२, चितवनका ५ सय २ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL