Logo

राष्ट्रपतिमा विद्यादेवीसँग काँग्रेसकी लक्ष्मी राई भिड्दै

राष्ट्रपतिमा विद्यादेवीसँग काँग्रेसकी लक्ष्मी राई भिड्दै


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी छोरी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवार लक्ष्मी राई काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् । बैठकमा उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने सम्बन्धमा छलफल भए पनि त्यसमा केही निर्णय हुन सकेन ।

नेकपा (एमाले) ले पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति भण्डारी र राई भिड्नेछन् ।

एमालेको उम्मेदवार सत्ता साझेरदार माओवादी केन्द्रसहित दुई तिहाइ सदस्याको समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL