Logo

विप्लव समुहको कारण देखाउँदै सलमान खानको नेपाल भ्रमण स्थगित

विप्लव समुहको कारण देखाउँदै सलमान खानको नेपाल भ्रमण स्थगित


बिजखबर संवाददाता
3.9k
Shares

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । आयोजक ओडीसी इन्टरनेशनलले सलमान खानलाई ‘दबंग द टुर’ अन्तरगत मार्च १० मा काठमाडौंमा उतार्ने योजना बनाएको छ । जसका लागि गोर्खा ब्रुअरीलगायत केही व्यवसायी टीमले सलमान खानलाई नेपाल ल्याउन ठूलो मात्रामा लगानी गरेका थिए ।

तर, विप्लव समूहले खानलाई नल्याउन पटक पटक चेतावनी दिँदै आएको थियो । सोही कारण देखाउँदै आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको समाचार स्रोतले जानकारी दिएको छ । तर आयोजकले भने सलमान खानको भ्रमण रद्द भएको भन्ने विषयमा केही समय पछि मात्रै आधिकारीक धारणा व्यक्त गर्ने जानकारी दिएको छ ।

विप्लव समुहले आफ्नो निर्देशनलाई वेवास्ता गर्दै आयोजकले खानलाई नेपाल ल्याएमा जस्तो सुकै क्षति हुन सक्ने चेतावनी दिँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL