Logo

चेम्बर प्रतिनिधिले भेटे मड्रिडका मेयर र जर्जियाका राजदूत, नेपालमा लगानी गर्न आग्रह

चेम्बर प्रतिनिधिले भेटे मड्रिडका मेयर र जर्जियाका राजदूत, नेपालमा लगानी गर्न आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले दुई छुटाछुटै देशका प्रतितिधिहरुसँंग भेटवार्ता गरी आर्थिक विषयमा छलफल गरेको छ । नेपालका लागि जजिर्याका राजदूत आर्चिल डजोलिसभिल र स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर लुईस कार्लाेस क्युटो अलभरेज डे सोटोमेयरलाई बुधबार चेम्वर भबनमा गरेको छुटाछुटै स्वागत कार्यक्रममा दुई देशवीचको आर्थिक विकासमा छलफल गरेको हो ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लामो राजनीतिक संक्रमणकाल अन्त भई नेपालमा बहुमतको स्थायी सरकार बनेसँंग लगानीको सुरक्षित वातावरण बनेको जानकारी दिए । कृषि, पर्यटन, हाडड्रो, खनिज तथा खनिजजन्य वस्तुहरुलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोमा लगानीका लागि आग्रह समेत गरे ।

साथै उनले दुई देशको आर्थिक विकासका लागि आपसी समझदारी गरी दीर्घकालिन रणनीतिक कार्यहरु अगाडि वढाउनुपर्ने खाँंचो पनि औल्याए ।

नेपालका लागि जजिर्याका राजदूत डजोलिसभिलले नेपालसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रहेको बताए । साथै उनले प्रविधि, आर्थिक लगानीलगायतका विषयमा सहकार्य गरी अगाडि वढ्न सक्ने सम्भावना औल्याए ।
छुटै भएको अर्काे कार्यक्रममा स्पेनको म्याड्रिड नगरपालिकाका कार्यबाहक मेयर सोटोमेयरले सहरको आर्थिक विकासमा नगरपालिकाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै काठमाडौं महानगरपालिकासँंग मिलेर सहकार्य गर्न र्दुइपक्षीय समझदारी भएको जानकारी दिए ।

कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्र मान श्रेष्ठ, नरेश श्रेष्ठलगायतका पदाधिकारी तथा कार्य समितिका सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL