Logo

खाद्यपदार्थमा बिषादी प्रयोगको सिमा तोकिने, बढी विषादी राखेको सामान जफत

खाद्यपदार्थमा बिषादी प्रयोगको सिमा तोकिने, बढी विषादी राखेको सामान जफत


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले स्वदेशी उत्पादनका खाद्यपदार्थमा प्रयोग गरिएको विषादीको उच्चतम प्रयोग सिमा (एमआरएल) तोक्न तथा लागु गर्न पहल गर्ने भएको छ ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे तथा कृषि विकाश मन्त्रालय, पशुपंक्षि विकाश मन्त्रालयका प्रमुखहरुबिच बसेको बैठकले उक्त विषयमा छलफल गरेको हो ।

उनीहरुले नेपालमा उत्पादित एवं विदेशवाट आयात हुने तरकारीलगायत खाद्य पदार्थहरुकोे प्रभावकारी नियमन एवं निरुत्साहित गर्ने बारेमा विषयमा विशेष छलफल भएको गरेका थिए ।

यसका साथै बैठकमा मानव पशुपंक्षी र वनस्पति स्वास्थ्यमा विषादिबाट पर्न सक्ने खतराको न्युनिकरणका लागी हरेक प्रदेशमा सो पदार्थहरु भित्रिने प्रविधियुक्त नाकाहरु तोक्ने विषयमा कुरा भएको थियो ।

यसैगरी तोकिएको मात्राभन्दा बढिका विषादियुक्त तरकारी तथा फलफूलको आयातलाइ निरुत्साहित गर्ने र यस्ता पदार्थहरुको जफत गर्न तथा नियन्त्रण गर्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र भन्सार प्रशासनले आवश्यक समन्वय गर्ने भएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL