Logo

एमालेलाई १० र माओवादीलाई ७ मन्त्रालयल, कसले कुन-कुन पाए (सुचिसहित)

एमालेलाई १० र माओवादीलाई ७ मन्त्रालयल, कसले कुन-कुन पाए (सुचिसहित)


बिजखबर संवाददाता
47.5k
Shares

काठमाडौं । एमाले र माओवादीबीच मन्त्रालय भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

सहमति अनुसार एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, स्वास्थय तथा जनसंख्या, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ ।

यसैगरी माओवदीले गृह, श्रम तथा रोजगार र उर्जासहित ७ मन्त्रालय पाएको छ । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।

यसअघि एमालेले आफ्नो कोटाबाट नियुक्त गरेका लालबाबु पण्डित तथा थममाया थापाको मन्त्रालय पनि परिवर्तन हुने भएको छ

एमालेको भागमा परेका मन्त्रालयहरु

अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु

गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका

प्रतिक्रिया दिनुहोस्
MBL