Logo

इम्बोष्ड नम्बर प्लेट वितरण कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश

इम्बोष्ड नम्बर प्लेट वितरण कार्य रोक्न सर्वोच्चको अन्तरिम आदेश


बिजखबर संवाददाता
3.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले सवारीसाधनमा तत्काल इम्बोष्ड नम्बर प्लेट वितरण कार्य रोक्नका लागि अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीको एकल इजलाशले तत्कालका लागि इम्बोष्ड नम्बर प्लेट वितरण  कार्य रोक्न अन्तरिम आदेश जारी गरेको हो ।

बरिष्ठ पर्यटन व्यवसायी भारतकुमार बस्नेतले हाल नेपाल सरकारले नेपाली धर्म सस्कृति तथा रितीरिवाजलाई नै असर पर्ने गरी सवारीसाधनमा इम्बोष्ड नम्बर प्लेट कार्यान्वनयमा ल्याएको भन्दै उक्त व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमाथी आज (बिहीबार) सुनुवाई गर्दै सर्वोच्चले तत्काल वितरण प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।

सरकारले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको नाममा नेपाली धर्म सस्कृतिमाथी पटक पटक हमला गर्दै आएको र सवारीसाधनमा राखिने इम्बोष्ड नम्बर प्लेटमा नेपाली अक्षर समेत पूर्ण रुपमा हटाई अग्रेजी नम्बर मात्र राखेकाले त्यसलाई खारेज गर्नुपर्ने माग सहित रिट दायर गरेको बस्नेतले जानकारी दिए । बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयल, यातायात व्यवस्था विभाग लगायतका निकायलाई प्रतिवादी बनाइ सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

हाल सरकारले इम्बोष्ड नम्बर प्लेटमा पूर्ण रुपमा नेपाली अक्षर हटाएको भन्दै सरोकारवाला निकायले विरोध गर्दै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL