Logo

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक !

७० प्रतिशत ‘सामुद्रिक माछा’मा प्लाष्टिक !


बिजखबर संवाददाता
108
Shares

लण्डन । उत्तरपश्चिम एटलान्टिक महासागरको गहिराईमा पाइने माछाका प्रजातीका झण्डै दुईतिहाई नमूनामा वातावरणीय प्रदुषणमा महत्वपूर्ण भूमिका रहने गरेको प्लाष्टिकका कणहरू भेटिएको एक अध्ययनले देखाएको छ । यो सामुद्रिक जीवमा प्लास्टिकको अत्यधिक मात्रा पाइएको विश्वका केही उदाहरणमध्ये एक हो ।

उक्त समुद्रमा पाइने माछाका अधिकांश (७३ प्रतिशत) माछाको पेटमा साना साना प्लाष्टिकका टुक्रा भेटिएको हालै सार्वजनिक एक अध्ययनमा देखाएको छ ।

अध्ययनका लागि नमूनामा लिइएको ४ दशमलव ५ सेन्टिमिटर धब्बावाल ‘ल्यान्टर्न्फिस’मा करिब १३ टुक्रा प्लाष्टिक भेटिएको आएरल्याण्ड गालवे विश्वविद्यालयका अनुसन्धानमा सम्लग्न वैज्ञानिकहरूले जनाएका ‘फ्रन्टियर्स इन मरिन साइन्स’ नामक पत्रिकाको मङ्गलबार प्रकाशित अङ्कमा उल्लेख छ ।

विज्ञहरूले अनुसन्धानका लागि एटलान्टिक महासागरकोे करिब ६ सय मिटर गहिराईबाट ३ दशमवल ५ सेन्टिमिटर देखि ५९ सेन्टिमिटरका २ सय ३३ माछालाई नमूना बनाइएको थियो । तीमध्ये ७३ प्रतिशत माछामा अत्यधिक प्लाष्टिकको मात्रा भेटिएको थियो । यो माछाको अस्तित्वमा नै प्रभाव पार्ने गरी भेटिएको अत्यधिक प्लाष्टिकको मात्रा हो ।

समुद्रमा पुगेका प्लाष्टिकका सामग्री खासगरी प्लाष्टिकका झोलालाई माछा, डलफिन, सिल, तथा सामुद्रिक क्षेत्रमा पाइने पंक्षीजगत् लगायतका सामुद्रिक जनावरले खानाको अभावमा टुक्राएर खाने गरेको पाइएको अध्ययनले देखाएको छ /(रासस÷सिन्ह्वा)।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL