Logo

प्रहरी इन्काउन्टरमा मारिए गुण्डा नाइके मनोज पुन

प्रहरी इन्काउन्टरमा मारिए गुण्डा नाइके मनोज पुन


बिजखबर संवाददाता
2.2k
Shares

काठमाडौं । प्रहरीको इन्काउन्टरमा गुन्डा नाइके मनोज पुन मारिएका छन् । रुपन्देहीको देवदहमा बिहान साढे ३ बजे भएको प्रहरी इन्काउन्टरमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।

पुन यस अघि भारतमा बसेर नेपालमा क्षृखलाबद्ध तरिकाबाट अपराधिक क्रियाकलाप मच्चाउँदै आएका थिए । एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४मा प्रहरीसँग जम्काभेट भई प्रहरीलाई नै आक्रमण गरी भाग्न खोज्दा जवाफी कारबाहीमा मारिएको थापाले जानकारी दिए ।

गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । पुनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको तथा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको जिम्मा लिएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL