Logo

राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिस, राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिकता पाउने

राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिस, राष्ट्रपतिले नियुक्त गरेपछि औपचारिकता पाउने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई सिफारिसमा परेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गरेर नयाँ नाम सिफारिस गरेको हो ।
अब राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुले राष्ट्रियसभा सदस्यमा औपचारिकता पाउनेछन् ।

देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।
डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका एमाले निकट अर्थविद हुन् ।

त्यस्तै रामनारायण बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी हुन् । विमला पौडेल राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL