Logo

नेउवा महासंघ जिल्ला उपाध्यक्षको चुनाव फागुन २५ मा, किशोर र निरक भिड्दै

नेउवा महासंघ जिल्ला उपाध्यक्षको चुनाव फागुन २५ मा, किशोर र निरक भिड्दै


बिजखबर संवाददाता
459
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा रिक्त गरेको जिल्ला उपाध्यक्षको निर्वाचन यही फागुन २५ गते हुने भएको छ । रिक्त रहेको पदका लागि महासंघले भर्खरै मात्र निर्वाचन मिति तोकेको नेपाल उद्योग बाणिज्य महासंघका विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालले जानकारी दिए ।

प्रधान यस अघि बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका थिए भने केसी महासंघका बर्तमान सदस्य हुन् । निरक यसअघि महासंघका अध्यक्ष भवानी प्यालनबाट केन्द्रीय सदस्यमा उठेका थिए भने त्यतिवेला उनलाई महासंघ पूर्व अध्यक्ष ढकाललगायतको समर्थन रहेको थियो । त्यतिवेला प्रधान भने विपरित प्यानलबाट बरिष्ठ उपाध्यक्ष उठेका थिए ।

तर अहिले भने जिल्ला उपाध्यक्षमा प्रधानलाई चण्डीराज ढकालले समर्थन गरेका छन् । प्रधान पूर्व अध्यक्ष ढकाल, कुशकुमार जोशीलगायत अन्य पूर्व अध्यक्षको समर्थन रहेको छ । यता निरक केसीलाई पूर्व अध्यक्ष प्रदिपजंग पोण्डे, महासंघ उपाध्यक्ष चन्द्रढकाल लगायतको समर्थन रहेको सम्बद्ध स्रोतले बताएको छ ।

महासंघका तत्कालिन जिल्ला उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय निकायमा मेयर पदमा उठेसँगै महासंघको विधान अनुसार उक्त पद खाली गरेको थियो । उक्त पदमा यस अघि निर्वाचन गर्ने भनिएता पनि प्रमोद श्रेष्ठले आफु कायम नै हुन पाउने भनी सर्बोच्च अदालतमा मुद्दा हालेका कारण रोकिएको थियो । तर, त्यतिवेला सर्बोच्च अदालतले पुस २७ गतेसम्मका लागि मात्र रोक्न अन्तरिम आदेश जारी गरेका कारण फागुन २५ मा गर्न लागिएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL