Logo

व्यवसायी गौचनको हत्याको जिम्मा लिएका मनोज पुन प्रहरीको नियन्त्रणमा

व्यवसायी गौचनको हत्याको जिम्मा लिएका मनोज पुन प्रहरीको नियन्त्रणमा


बिजखबर संवाददाता
540
Shares

काठमाडौं । प्रहरी केन्द्रीय अनुशन्धान व्यूरो (सिआइबी)ले हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेका मनोज पुनलाई नियन्त्रणमा लिएको छ । पुनलाई भारतको तटीय राज्य गोवाबाट नियन्त्रणमा लिएको हो।

आइतबार प्रहरीको नियन्त्रणमा परेका पुनलाई नेपाल ल्याउँदै गरेको छ । पुनलाई नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो।

बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो ।

तत्कालिन गृहमन्त्री तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि फिरौती र हत्यामा संलग्न पुनको समुहलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

पुनले पछिल्ला दिनमा यूवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि यो बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो।

पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो । त्यस्तै यूवा संघकै दुर्गा तिवारीलाई ४ बर्ष अघी हत्या गरेको थियो।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL