Logo

पोखरामा खुल्यो पुष्प परामर्श केन्द्र, पुष्प व्यवसायको वारेमा जानकारी लिन सकिने

पोखरामा खुल्यो पुष्प परामर्श केन्द्र, पुष्प व्यवसायको वारेमा जानकारी लिन सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१२ फागुन, पोखरा । फ्लोरिकल्चर एशोसिएशन नेपालले कास्की र यस आसपासका जिल्लालाई समेट्ने गरी पोखरामा पुष्प व्यवसाय परामर्श केन्द्रको स्थापना गरेको छ । एशोसियशनले कृषि बिकास मन्त्रालयको सहयोगमा पुष्प व्यवसाय केन्द्र स्थापना गरिएको एशोसिएशन नेपालका केन्द्रिय अध्यक्ष लोकनाथ गैरेले बताए उक्त केन्द्रको अध्यक्ष गैरे र राष्ट्रिय योजना आयोगका योजना अधिकृत तिलक प्रसाद रिजालले संयुक्त रुपमा स्थापना गरेका हुन् ।

flower-business

परामर्श केन्द्र स्थापनासँगै कास्की जिल्ला तथा आपसपासका जिल्लाहरुमा पुष्प व्यवसायको विकास, बिस्तार र प्रबद्र्धन गर्न सहयोग पुग्ने फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की जिल्ला अध्यक्ष दया द्धाले बताए । साथै, परामर्श केन्द्रको स्थापना पछि कास्की जिल्ला र यस वरपर रहेको बिभिन्न जिल्लाका पुष्प व्यवसायीका साथै पुष्प प्रेमीहरुलाई बिभिन्न जानकारीका लिनका लागि सहज हुने फ्लोरिकल्चर एशोसिएन नेपालका अध्यक्ष गैरेले बताए । पोखरा काठमाडौं पछिको ठूलो पुष्प तथा पुष्पजन्य उत्पादन र बिक्री हुने क्षत्रे भएकोले परामर्श केन्द्रबाट धेरै व्यवसायीलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

यसैबीच कृषि बिकास मन्त्रालयको सहयोगमा कास्कीको पोखरामा भएको २ दिने उद्यमशीलता तथा शीप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रममा ३० जनाभन्दा बढि नर्सरी तथा पुष्प व्यवसायमा आवद्ध व्यवसायीहरुले सहभागिता जनाएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL