Logo

२ बर्षमा ३ लाख स्मार्ट लाइसेन्स वितरण, थप ७ लाख ५० हजार थान भित्र्याउँदै विभाग

२ बर्षमा ३ लाख स्मार्ट लाइसेन्स वितरण, थप ७ लाख ५० हजार थान भित्र्याउँदै विभाग


बिजखबर संवाददाता
135
Shares

अनिलकुमार न्यौपाने

काठमाडौं । यातायात व्यवस्था विभागले हालसम्म ३ लाख ओटा स्मार्ट लाइसेन्स वितरण गरेको छ । विभागले विगत २ बर्ष देखि स्मार्ट लाइसेन्स वितरण शुरु गरेकोमा हालसम्म सो बराबरको लाइसेन्स वितरण गरेको विभागले जानकारी दिएको छ ।

विभागले हालसम्म ३ लाख ९६ हजार ८ सयओटा स्मार्ट लाइसेन्स ल्याएकोमा ३ लाख थान वितरण गरेको हो ।

यसैबीच विभागले थप ७ लाख ५० हजार नयाँ स्मार्ट लाइसेन्स ल्याउने तयारी थालेको छ । स्मार्ट लाइसेन्सको अभाव भएसँगै विभागले थप लाइसेन्स ल्याउने तयारी गरेको हो ।

अबको १५ दिनभित्र ३ लाख ५० हजार थान नयाँ स्मार्ट लाइसेन्स नेपाल आइपुग्ने विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए । ‘आगामी २ महिनाभित्र अन्य बाँकी लाइसेन्स ल्याइने छ,’ उनले भने ।’

केही समयअघि भारतीय कम्पनीलाई स्मार्ट लाइसेन्स छपाइको जिम्मा दिएर नेपाली नागरिकको सम्पूर्ण जानकारी दिएको भन्दै विरोध भएको थियो । तर, निर्देशक अर्याल भने स्मार्ट लाइसेन्सको जिम्मा भारतीय कम्पनीलाई दिदाँ नेपालीको व्यक्तिगत तथ्याङक भारतमा जाने हल्ला भ्रम मात्र रहेको बताए । ‘लाइसेन्स नेपालमा नैै छापिने हो, भारतिय कम्पनीको प्रिन्टर र खाली कार्ड मात्रै प्रयोग गर्ने हो,’ उनले भने, ‘ग्लोवल टेण्डरबाट सवैभन्दा कम लागतमा जसले विडिङ गर्यो उसैलाई दिएका हौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL