Logo

नेपाल टेलिकमको सिबिए निर्वाचनमा रावल विजयी, दुई बर्ष कार्यकालको सम्झौता

नेपाल टेलिकमको सिबिए निर्वाचनमा रावल विजयी, दुई बर्ष कार्यकालको सम्झौता


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा राजबहादुर रावलले जित हात पारेका छन । उनी आगामी २ बर्षका लागि ट्रेड युनियनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनका तर्फबाट साझा आधिकारीक प्रतिनिधिको भुमिकामा रहनेछन ।

संयुक्त गठबन्धन अन्तर्गत नेपाल दूरसञ्चार कर्मचारी संघको केन्द्रीय अध्यक्षमा राज बहादुर रावल रहेका छन । त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको केन्द्रीय अध्यक्षमा दामोदर केसी रहेका छन ।

सिबिए निर्वाचन श्रम ऐन अनुसार दुई वर्षका लागि व्यवस्थापनसँग सामूहिक सौदाबाजी गर्नका लागि चुनिने आधिकारिक कमिटी हो ।

त्यसैगरी कर्मचारी प्रतिनिधि सञ्चालक पनि सञ्चालक समितिमा दुई वर्षका लागि सम्पूर्ण कर्मचारीहरु मध्येबाट चुनिएको व्यक्ति हुन पाउने प्रावधान रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL