Logo

एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी जेल चलान

एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी जेल चलान


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ । लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका उनलाई मंगलबार जेल चलान गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। उनका अनुसार लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

लारी २५ माघमा पक्राउ परेका थिए ।

सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL