Logo

४० प्रतिशत जनता विद्युतको पहुँच बाहिर !

४० प्रतिशत जनता विद्युतको पहुँच बाहिर !


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युतको पहुँचबाट टाढा रहेको बताएका छन् । सरकारले जनतालाई विद्युत उपलब्ध गराउन हरसम्भव प्रयास गरेपनि धेरैजसो जनताहरु विद्युतको पहुँच बाहिर रहेको उनको भनाइ थियो । यसैगरी आगामी ५ वर्ष भित्रे हरेक घरमा विद्युत सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको समेत उनले जानकारी दिए ।

आगामी १० बर्ष भित्र १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदैे सोही अनुरुप काम अघि बढाइएको बताए । ‘नौ महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुँदैछ,’ उपप्रधानमन्त्री थापाले भने,, ‘सरकारको प्राथमिकता भनेको जनतामा विजुली, सडकलगायतका आवश्यक पूर्वाधार पुर्याउनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL