Logo

राष्ट्रियसभा अन्तरगत ६ वटै प्रदेशमा मतदान शुरु

राष्ट्रियसभा अन्तरगत ६ वटै प्रदेशमा मतदान शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत ६ वटै प्रदेशमा मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान १० बजेदेखि ६ वटै प्रदेशमा मतदान शुरु भएको निर्वाचन आयोगका सहसचिव दिपक सुवेदीले जानकारी दिए । ‘पछिल्लो जानकारी अनुसार राष्ट्रिय सभा सदस्य चयनका लागि ६ वटै प्रदेशमा मतदान शुरु भइसकेको छ,’ उनले भने ।

आयोगले मतदानका लागि शान्ति सुरक्षाको व्यवस्था गरेको र ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । साथै वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदानका लागि १२ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
सुवेदीका अनुसार प्रदेश नं १ को मतदान केन्द्र विराटनगर, प्रदेश नं ३ मा ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको छ । तर, प्रदेश नं २ मा भने यस अघि नै उम्मेदवारहरु निर्विरोध चयन भइसकेका छन् ।

आज सम्पन्न राष्ट्रियसभा निर्वाचनले प्रत्येक प्रदेशबाट ८÷८ जना सदस्य चयन गर्नेछ । ५६ जना निर्वाचित र ३ जना मनोनित सहित कुल ५९ जनाको राष्ट्रियसभा गठन हुनेछ ।
कुल ५६ सदस्यमध्ये यसअघि मनोनयनकै क्रममा २४ जना सदस्य निर्धिरोध निर्वाचित भइसहेको र अब बाँकी ३२ सदस्यका लागि मात्रै निर्वाचन हुने छ । जसका लागि ३२ जान उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL