Logo

मापसे चेकले पनि रोकिएन सवारी दुर्घटना, बार्षिक २ हजारले गुमाउँछन् ज्यान

मापसे चेकले पनि रोकिएन सवारी दुर्घटना, बार्षिक २ हजारले गुमाउँछन् ज्यान


बिजखबर संवाददाता
486
Shares

काठमाडौं । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरण गर्न मापसे जाँचलाई कडाइ गरेपनि दुर्घटना हुने क्रम भने रोकिएको छैन । तथ्याङक अनुसार ट्राफिक प्रहरीले मापासे चेकजाँचमा कडाई गरेपछि दुर्घटना हुने क्रम भने बार्षिक रुपमा बढ्दै गएको छ ।

प्रहरीका अनुसार पछिल्लो समयमा सवारी दुर्घटनाबाट बार्षिक २ हजार जनाले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार ५ वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ ।

जसअनुसार आर्थिक बर्ष २०७०/७१ मा १ हजार ७ सय ८७, ०७१/७२ मा २ हजार ४, ०७२/७३ मा २ हजार ६ जानको मृत्यु भएको थियो भने ०७३/७४ मा बढेर २ हजार ३ सय ८४ पुगेको थियो । यसैगरी आब ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात ४ महिनामा यसरी ज्यान गुमाउनेको संख्या ८ सय १ पुगिसेकेको छ ।

साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौं मानिसले ज्यान गुमाउने गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपाने बताउँछन् । ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्,’ उनले भने ।

प्रहरीका अनुसार आब ०७०/७१ मा ८ हजार ४ सय ६, ०७१/७२ ९ हजार १ सय ४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १ सय ७८ र र ०७४/७५ को कात्तिक मसान्तअर्थात ४ महिनामा ३ हजार २९ दुर्घटना भएका छन् ।

दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्यांकमा उल्लेख छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL