Logo

सेनामा १७ सय ४१ जनाका लागि जागिरको अवसर !

सेनामा १७ सय ४१ जनाका लागि जागिरको अवसर !


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । नेपाली सनामा १७ सय ४१ जनाका लागि रोजगारी खुलेको छ । नेपाली सेनाले सैन्य र प्राविधिक सेवा गरी सो बराबरको जनशक्ति माग गरेको हो ।

सेनाले सैन्यतर्फ १५ सय ८० र प्राविधिकतर्फ १६१ जनशक्ति आह्वान गरेको हो। खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ।

सेनाले सैन्यतर्फ जंगी अड्डा, तथा सबै पृतना र बाहिनीका लागि छुट्टाछुट्टै पदपूर्तिको सूचना निकालेको छ ।

जसअनुसार जंगी अड्डामा खुला तथा समावेशी गरी २ सय सैन्य माग गरिएको छ। यस्तै, सहायक पण्डित, अमल्दार कर्मचारी, ड्राइभर, सुचिकार, कुचिकार सिकर्मी लगायतका प्राविधिक दरबन्दीमा जागिरको अवसर छ ।

आवेदकले माघ २१ गतेदेखि फागुन २८ गतेसम्म जंगी अड्डा तथा अन्य विज्ञापन भएका भर्ना केन्द्रहरुमा आवेदन दिन सक्नेछन्।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL