Logo

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु, राष्ट्रिय प्रशारणलाइनमा थपियो १५ मेवा बिजुली

चमेलियाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु, राष्ट्रिय प्रशारणलाइनमा थपियो १५ मेवा बिजुली


बिजखबर संवाददाता
27
Shares

दार्चुला । चमेलिया जलविद्युत आयोजनाको दोस्रो युनिटबाट परीक्षण उत्पादन शुरु भएको छ । ३० मेगावाटको सो आयोजनाले आजदेखि दोस्रो युनिटबाट पनि परीक्षण उत्पादन शुर गरेको हो ।

चमेलियाले पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेकामा दोस्रो युनिटबाट उत्पादित बिजुली परीक्षणका लागि आजबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

परीक्षण शुरु भएसँगै अबको दुई साताभित्र व्यावसायिक उत्पादन थालिने आयोजनाले जानकारी दिएको छ । दुई वटा युनिट सञ्चालनमा आएपछि दैनिक ६ घण्टा (बिहान र साँझ ६ देखि ९ बजेसम्म) पूर्ण क्षमतामा ३० मेगावाट विद्युत उत्पादन हुने छ ।

पुस अन्तिम सातादेखि सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको तीन÷तीन घण्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएका छन् । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन हुन लागेको हो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL