Logo

खाद्य संस्थानले माग्यो २० कर्मचारी, एसएलसीदेखि स्नातकोत्तर उतिर्णसम्मलाई रोजगारीको अवसर

खाद्य संस्थानले माग्यो २० कर्मचारी, एसएलसीदेखि स्नातकोत्तर उतिर्णसम्मलाई रोजगारीको अवसर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । खाद्य संस्थानले सहायकदेखि वरिष्ठ अधिकृतसम्म पदमा २० जना कर्मचारी माग गरेको छ । जसअनुसार एसएलसीदेखि स्नातकोत्तर उतिर्णसम्मले आवेदन दिन सक्नेछन् ।

संस्थानले सबैभन्दा धेरै सहायक ९प्रशासन० मा ६ जना माग गरेको संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।
सहायकमा खुल्ला तर्फ ३, महिला, आदीबासी र मधेसी तर्फ १/१ जना माग गरेको हो ।

त्यस्तै बरिष्ठ अधिकृत -कानून, बरिष्ठ अधिकृत -गुण नियन्त्रक , बरिष्ठ अधिकृत -मिल मेकानिक्स , बरिष्ठ अधिकृत -प्रशासन , अधिकृत -सिभिल इन्जिनियर , अधिकृत -गुण नियन्त्रक, अधिकृत -मिल मेकानिक्स, बरिष्ठ सहायक -मिल अपरेटर- मा १/१ जना खुल्ला तर्फ माग गरिएको छ ।

अधिकृत ९प्रशासन० मा ४ जना, अधिकृत तर्फ खुल्ला २ जना तथा मधेसी र दलित तर्फ १-१ जना माग गरिएको छ ।

साथै, बरिष्ठ सहायक ९प्रशासनमा २ जना माग गरिएको छ । सो पदमा खुल्ला र महिला तर्फ १-१ जना माग गरिएको छ ।

नेपाल बैंक धर्मपथ शाखाको खाता नम्बर ००२३०४००४९७५९२०००००१ मा ५० रुपैयाँ दरखास्त फारमका लागि ५० बुझाउनु पर्ने बताएको छ । दरखास्त फारम संस्थानको प्रूधान कार्यलय, भद्रकाली प्लाज, काठमाडौंबाट प्राप्त गर्न सकिन्छ ।

फागुन १७ गतेसम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरी अर्को ७ दिन भित्र दरखास्त बुझाउन सकिने छ । संस्थाले लिखित तथा अन्तरवार्ताबाट कर्मचारी छनोट गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL