Logo

६५ बर्ष पुगेकालाई बृद्धाभत्ता दिने सरकारको निर्णय, भुकम्प पीडितलाई थप १ लाख अनुदान

६५ बर्ष पुगेकालाई बृद्धाभत्ता दिने सरकारको निर्णय, भुकम्प पीडितलाई थप १ लाख अनुदान


बिजखबर संवाददाता
864
Shares

काठमाडौं । सरकारले ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई बृद्धभत्ता दिने निर्णय गरेको छ । हाल ७० बर्ष पुगेका बृद्धबृद्धालाई भत्ता दिँदै आएकोमा देउवा सरकारले उमेर घटाउँदै ६५ बर्षमा झारेको हो ।

यस्तै आज साँझ बसेको मन्त्रिपरिषद्को बैंकठकले भूकम्प तथा बाढी पीडितको लागि दिने अनुदान रकममा बृद्धि गरेको छ । हाल दिँदै आएको रकममा थप १ लाख रुपैयाँले बढाउने निर्णय गरेको छ । यसअघि भूकम्प पीडितलाई ३ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

यस्तै भुकम्प पीडितहरुको अनुदान रकम पाउने समय सकिएको अवस्थामा सो समयावधि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL