Logo

चेम्बर र महासंघबीच बढ्यो दूरी, महासंघबाट छुट्टीने चेम्बरको निर्णय

चेम्बर र महासंघबीच बढ्यो दूरी, महासंघबाट छुट्टीने चेम्बरको निर्णय


बिजखबर संवाददाता
3.1k
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट  छुट्टीने निर्णय गरेको छ । चेम्बर अफ कमर्शले आफुलाई संघीय संरचनामा परिवर्तन गरेसँगै महासंघ र चेम्बरबीच विवाद बढेको थियो ।

चेम्बरले आफ्नो संरचनामा परिमार्जन गर्दै महासंघको ढाँचामा लगेको भन्दै यसै हप्ता महासंघले सोको विषयमा स्पष्टीकरण सोधेको थियो । तर, चेम्बरले भने महासंघलाई स्पष्टीकरण दिनुको सट्टा महासंघबाटै अलग्गीने निर्णय गरेको चेम्बरका एक उच्च अधिकारीले बताए ।

चेम्बरको मंगलबार भएको छलफलले महासंघमा भएको आफ्नो सदस्यता खारेज गर्ने निर्णय उक्त छलफलमा सहभागी एक अधिकारीले बताए । ‘महासंघले चेम्बरलाई किन महासंघको ढाँचामा गएको भनी स्पष्टीकरण सोधेको थियो,’ उनले भने, ‘हामी महासंघभन्दा जेठो संस्था भएकाले त्यस्को जवाफ दिन उपयुक्त ठानेनौं त्यसैले अबका दिनमा महासंघबाटै अलग हुने निर्णय गरेका हौं ।’ साथै चेम्बरले सदस्यता खारेजका लागि महासंघलाई पत्राचार समेत गर्न लागेको ती आधिकारीको भनाइ थियो ।

देश संघीय संरचनामा गएसँगै चेम्बरले पनि सोही अनुरुप आफ्नो संरचनालाई परिमार्जन गरेको चेम्बरका उपाध्यक्ष कमलेश अग्रवालले बताए । ‘नेपाल चेम्बर अफ कमर्श नेपालकै सबैभन्दा पुरानो संस्था हो,’ उनले भने, ‘चेम्बरले त्यसबखत लाइसेन्स लिने बेलामा नै देशभार आफ्नो शाखा संञ्जाल विस्तार गर्न पाउने भनी उल्लेख गरेको छ ।’

उनका अनुसार चेम्बरले यस अघि पनि देशका ६५ भन्दा जिल्लामा आफ्नो संजाल विस्तार गरेको थियो । तर, अहिले देश संघीय संरचनामा गएकाले चेम्बरले पनि सोही अनुरुप आफुलाई परिमार्जन सहित विस्तार गरेको उनले जानकारी दिए ।

चेम्बरले नयाँ विधान अनुसार अधिल्लो हप्ता भएको साधारणसभाले आफ्नो संगठन समेत विस्तार गरिसकेको छ । चेम्बर पदाधिकारीमा यस अघि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषध्यक्ष रहने व्यवस्था रहेकोमा त्यसलाई समेत परिमार्जन गरेको छ । हाल महासंघले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, क्षेत्रगत उपाध्यक्षहरु र प्रदेशको संयोजकहरु तोकेको छ । यस्तै चेम्बरले महासंघकै संरचना अनुसार महासचिवको काम गर्ने गरी कार्यकारी निर्देशक समेत नियुक्त गर्ने निर्णय गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL