Logo

सुन आयात बढ्यो, दैनिक ८ करोड ६१ लाखको खपत

सुन आयात बढ्यो, दैनिक ८ करोड ६१ लाखको खपत


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । नेपालमा सुन आयात उच्च रुपमा बढेको छ । पछिल्लो समय सुन आयात उच्च रुपमा बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्षको पहिलो ५ महिनामा सुन आयात स्थिर रहेकोमा चालू आबको सोही अबधिमा आइपुग्दा ३६ प्रतिशतले बढ्न पुगेको छ । सो अबधिमा कुल १२ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको सुन आयात भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । जस अनुसार नेपाली बजारमा दैनिक ८ करोड ६१ लाख रुपैयाँ बराबरको सुन खपत हुँदै आएको छ ।

सरकारी तथ्याङ्क अनुसार सुन आयात बढेपनि नेपाली बजारको माग अनुसार अझै सुन आयात हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । ‘अहिले सरकारले सुन आयातको कोटा बढाएर दैनिक २५ किलोग्राम पुर्याएको छ,’ उनले भने, ‘सिजनको समयमा त्यति सुन आयात गरेर देशभरका २५ हजार व्यवसायीले माग अनुसारको काम गर्न नै पाउँदैनन ।’

सरकारले सिजनको समयमा दैनिक ४० देखि ५० केजी र अन्य समयमा दैनिक १५ देखि २० केजी सुन आयात गर्न दिनुपर्ने उनको माग छ । यदि सरकारले बजारको माग अनुसार सुन आयात गर्न नदिए व्यवसायीहरले बैकल्पिक बाटोबाट सुन आयात गर्न बाध्य हुने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL